कर्णाली करिडोरको खुलालु, लैफु हुँदै सलिसल्ला सडक हस्तान्तरण (फोटो फिचर)

नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्र्तगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने कार्य गरेको हो । नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले सम्पन्न सडकलाई हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण कार्य भएको जानकारी दिनुभयो । करिडोर अन्र्तगत सेनाको निर्माण कार्य जिम्मा रहेको काम पुरा भएपछि हस्तान्तरण गरिएको होे । प्रमुख कार्कीले कोरोनाको कारण निर्धारित समयमा काम सक्न केही ढिलाई भएको बताउदै सेनाले काम भने पुरा गरेको बताउनुभयो ।