रेड्मी नोट १२ र नोट १२ प्रो ५जी मोबाइल नेपालमा सार्वजनिक, शुरू मूल्य २२ हजार ९९९ रुपैयाँदेखि

काठमाडौं । शाओमीले रेड्मी नोट १२ सिरिजका दुई ओटा मोडलका फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी  नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरी दुईओटा फोनहरू समावेश छन् । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले रेड्मीले उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य फोनहरू बनाइरहेको बताए । भर्खरै  लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले पनि ब्याट्री ब्याकअप, क्यामेरा सेटअप लगायतका कुरामा राम्रो प्रदर्शन गरेको उनको भनाइ छ । Snapdragon®685 मोबाइल प्लेटफर्ममा आएको Redmi Note 12 ​​​​​​ले मल्टिटास्किङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । जसमा  फोटोग्राफी, गेमिङ, अडियो र स्ट्रिमिङमा सहज हुनेछ । Redmi 12 Pro 5G Mediatek Dimensity 1080 प्रोसेसर छ ।  ५००० एमएच ब्याट्री जडित भएकाले रेड्मी नोट १२ प्रो ५जी लामो समयसम्म चल्ने कम्पनीको भनाइ छ । यो स्मार्टफोन ६७ वाटको चार्जिङ अडाप्टरको साथ उपलब्ध छ । साथै, यसमा भएको फ्ल्यागशिप ६७ टर्बो चार्जिङ सुविधाले तपाईंलाई १५  मिनेटमै फुल चार्ज हुने छ । रेड्मी नोट १२प्रो मा ५० मेगापिक्सेल ट्रिपल क्यामेरा सेटअप रहेको छ जसको मुख्य क्यामेरामा रहेको IMX766 सेन्सरले विशेष हाई–एन्ड फोन सुविधा प्रदान गर्दछ । यसले सबै प्रकारको प्रकाशमा उत्कृष्ट तस्वीर लिन सकिने बताइएको छ । Redmi Note 12 को मूल्य २२ हजार ९९९ रुपैयाँदेखि २६ हजार ९९९ रुपैयाँसम्म तोकिएको छ । Redmi 12 Pro 5G को मूल्य ३८ हजार ९९९ रुपैयाँदेखि ४१ हजार ९९९ रुपैयाँसम्म रहेको छ । 

सम्बन्धित सामग्री

नक्कली नेपाली नोटसहित महोत्तरीबाट दुई भारतीय पक्राउ

महोत्तरी – महाेत्तरीबाट २२ हजार नक्कली नेपाली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । औरही बजारबाट भारत बिहार राज्यको मनपौर ग्राम पञ्चायत बस्ने २१ वर्षीय पिन्टुकुमार राय र अर्का एक बालक पक्राउ परेका इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पसलमा कारोबार गरिरहेको अवस्थामा सोधपुछ गर्दा वी आर ३० भी ९४८७ नम्बरको स्कुटीमा नक्कली नोट फेला परेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रदीप बस्यालले बताउनुभयो । नक्कली नोटसहित पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।