ताप्लेजुङमा पहिरोले घर बगायो

अविरल वर्षा सँगैको पहिरोले शनिबार बिहान फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम चाकुका जीवन बाराकोटीको घर बगाएको छ । प्रहरी नायब उपरीक्षक कैलाश राईले मानवीय क्षति नभएको, तर भैंसी, बाख्रालगायतका पशुचौपाया बगाएको जानकारी दिए । पहिरो जान थालेपछि मानिसहरु भागेका थिए ।