फेसबुक–इन्स्टा र ह्वाट्सएप आखिर ६ घण्टासम्म किन भए डाउन ?

 फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ ।डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै facebook.com लाई URL मा टाइप गर्छ तब डीएनएस यसक