विशेष महाधिवेशन गर्ने माओवादीको निर्णय, पदाधिकारी हेरफेर हुनसक्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशन गर्ने भएको छ। महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुंगाएको माओवादीले चुनावपछि बिशेष महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। उनले भने, ‘अहिले हामीले निर्वाचनलाई लक्षित गरेर सन्तुलित रुपमा पार्टी पदाधिकारी तोकेका छौँ। विशेष महाधिवेशन गर्ने निर्णय भएको छ। तर समय तोकिएको छैन। विशेष महाधिवेशनमा पदाधिकारी हेरफेर हुनसक्छ।’ गत पुसमा भएको महाधिवेशनले १५ सदस्यीय पदाधिकारी राख्ने निर्णय गरे पनि शनि