टोकियो– जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गरेका छन् । दुबईमा भएको संयुक्त राष्ट्रसंघको कोप जलवायु शिखर सम्मेलनमा प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् । आयातित कोइला र अन्य जीवाश्म इन्धनमा अत्यधिक निर्भर जापानले सन् २०५० सम्ममा कार्बन तटस्थ बन्ने लक्ष्य राखेको छ […]