पर्वत : भूमिहीन अवस्थामा रहेका दलित तथा सुकुम्वासी र अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरू सात सय ७९ जनालाई व्यवस्थापन गर्नुपर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले बताएको छ।राष्ट्रिय भूमि आयोग पर्वतले २०८० सालको फागुन मसान्तसम्म गरेका कामहरूको विवरणहरू सार्वजनिक गर्दै समितिका अध्यक्ष उदयप्रसाद सुवेदीले उनीहरूको व्यवस्थापनको प्रक्रिया चलिरहेको बताए। सबै स्थानीय तहका सबै वडाहरूबाट निवेदन सङ्कलनको काम सकिएपछि वडाले ती निवेदनहरूलाई सम्बन्धित स्थानीय तहमा पठाउने काम पनि सकिएको उनको भनाइ छ।स्थानी