राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा ‘विकल्प’ खोज्न सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गत जेठ १२ गते फैसला दियो । २९ वर्षदेखि चर्चामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया सर्वोच्चको एउटै आदेशले सकिएको भन्दै यसको पक्ष र विपक्षमा व्यापक टीकाटिप्पणी जारी छ । सर्वोच्च अदालतको वेबसाइटमा ०७६–WF–०००६ र ०७६–WF–०००७ दर्ता नम्बरको उक्त रिटको फैसलामा रिट जारी भनिएको छ । रिट जारीको अर्थ रिट निवेदकले मागे अनुसारकै रिट