दशैँको मुखमा चर्को मूल्यवृद्धि : चामल बोरामा ५० र तेल लिटरमै १ सय रुपैयाँ बढ्यो

टोखामा बस्दै आउनुभएकी धादिङकी रीता ढकाल नजिकैको पसलमा तेल, चिनी लगायतका सामान किन्न जाँदा भाउ सुनेर झसङ्ग हुनुभयो । दशैँमा घर जाँदा उहाँले काठमाण्डौबाट नै तेल, जिरा, चिनी चिउरा  लगायतका सामान लैजाने गर्नुभएको छ । उहाँले घटस्थापना भन्दा एक, दुई दिनअघि नै घर जाने योजना बनाउनुभएको छ । त्यही भएर अहिले नै सामान किन्नका लागि उहाँ नजिकैको पसलमा पुग्नुभएको हो ।  कोरोनाका कारण पोहोर दशैँमा घर नजानुभएकी उहाँ यसपालि घर जाने उत्साहमा सामान किन्न पसलमा पुग्नुभएको थियो । भाउ सुनेपछि उहाँको उत्साह एकैछि...

सम्बन्धित सामग्री

खाद्य वस्तुको मूल्यवृद्धिको मारमा उपभोक्ता

काठमाडौं । खाद्य वस्तुको मूल्यमा लगातार भइरहेको मूल्यवृद्धिका कारण सर्वसाधारण मारमा परेका छन् । पछिल्लो समय व्यापारीले विभिन्न बहानामा खाद्य वस्तुको मूल्यवृद्धि गर्दै आएका छन् । विशेषगरी दाल, गेडागुडी, खानेतेल, चिनी, चामल लगायत उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि भएको छ । केही समय अघिसम्म ९० देखि ९५ रुपैयाँ रहेको चिनीको खुद्रा मूल्य अहिले प्रतिकिलो १०० रुपैयाँसम्म पुगेको छ । व्यापारीलाई नै खरीद मूल्य प्रतिकिलो ९० रुपैयाँ पर्ने गरेको छ भने ढुवानी भाडा समेत जोड्दा ९३ देखि ९५ रुपैयाँ परेको छ । ‘अब त्यसबाट व्यापारीले कति रुपैयाँ नाफा खाने ? ५ रुपैयाँमात्र नाफा खाएर बेच्दा पनि चिनी बेच्न समस्या भइरहेको छ,’ नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले भने, ‘अहिले व्यापारीहरूले नाफा खाएर चिनी बेच्न सक्ने अवस्था छैन ।’ यही तरिकाले मूल्यवृद्धि हुँदै गए उपभोग्य वस्तुमा नाफा लिनै नसक्ने अवस्था आउने उनले बताए । अहिले सबै किसिमको खानेतेलमा प्रतिलिटर ३० देखि ३२ रुपैयाँसम्म मूल्य बढेको पाइएको छ । यसअघि प्रतिलिटर २२० रुपैयाँ पर्ने गरेको सनफ्लावर तेलको मूल्य यतिबेला ३० रुपैयाँ बढेर प्रतिलिटर २५० रुपैयाँ पर्न थालेको छ । २ महीना अवधिमा मसुरोको दालको मूल्य किलोकै ७० रुपैयाँले बढेर १६५ रुपैयाँ पुगेको छ । केराउ, चना, भटमास लगायत गेडागुडीको मूल्य पनि १० देखि २५ प्रतिशतसम्म बढेको छ । त्यसैगरी सबै ब्राण्डका चामलमा प्रतिबोरा २०० रुपैयाँसम्म बढेको छ । अहिले मूल्य वृद्धि हुनुको खास कारण केही नभए पनि व्यापारीले इन्धनको मूल्यवृद्धिको कारण देखाउँदै ढुवानी भाडा र लागत बढेको भन्दै मनपरी रूपमा मूल्य बढाएको बताइएको छ । नेपाल चामल, तेल र दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले इन्धनको मूल्य वृद्धिसँगै अहिले अन्तरराष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य समेत बढेको बताए । इन्धनको मूल्यवृद्धिले निकट भविष्यमा खाद्य मात्र नभई अन्य धेरै वस्तुको मूल्य बढ्ने उनको भनाइ छ ।

स्तरोन्नति गर्ने सिद्धिचरण लोकमार्ग बन्द गर्दा सोलुखुम्बुमा चर्को मूल्यवृद्धि

सोलुखुम्बु : ढुवानी समस्याले सोलुखुम्बुका माथिल्लो क्षेत्रमा खाद्यान्न र पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि भएको छ। ढुवानीमा अवरोध भएको कारण देखाएर व्यापारीले कालोबजारी समेत गर्न थालेको उपभोक्ताको गुनसो छ। दैनिक उपभोग्य वस्तु दाल, चिनी, चामल, नुन, तेल सबैको मुल्य बृद्धि भएको छ। यस्तै, निर्माण सामग्री जिल्लाका स्टोरमा सकिएको व्...