काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले एयरपोर्ट स्थित गोल्डेन गेटमा जडान गरिएको नयाँ ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ।बिहीबार जडान गरिएको नयाँ बत्ती एक कार्यक्रमबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रूपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन र सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक-चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिइए