गाउँ शिक्षा योजना बनाउदै थुलुङ दूधकोशी

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ शिक्षा योजना निर्माण गर्ने भएको छ । मङ्गलबार शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले उक्त योजना निर्माण गर्ने निर्णय गरेको हो । शैक्षिक गुणस्तर वृद्धिका लागि दीर्घकालीन योजना आवश्यक भएकाले थप विषयवस्तुको अध्ययन गर्नुपर्ने पालिका अध्यक्ष असिम राईले बताउनुभयो […]