ताप्लेजुङका ग्रामीण सडकमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगे पनि स्थानीय खोलामा मोटरेवल पुल नभएका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् ।
गाउँ–गाउँसम्म सडकको पहुँच विस्तारसँगै यातायात सेवा सञ्चालनमा आएपछि स्थानीयलाई लामो तथा छोटो दूरीको यात्रा गर्नलाई भने सहज भएको छ । हाल गाउँ बस्तीदेखि सदरमुकामसम्म स्थानीयले गाउँ घरदेखि नै यातायात सुविधा उपभोग गर्न पाएका छन् ।
यस्तै सदरमुकामदेखि पाँचथर, इलाम, झापा हुँदै प्रदेश राजधानी विराटनगर तथा सङ्घीय राजधानी काठमाडौँंलगायत अन्य क्षेत्रको लामो यात्रामा निस्कनु पर्दासमेत स्थानीयले गाउँदेखि नै सवारी साधन (गाडी) चढ्न पाएका छन् ।