बालुवाटारमा एमालेको चियापान : खनाल-नेपाल समूह नजाने

काठमाण्डाै - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको छ । मोबाइल एसएमएसमार्फत उहाँले निम्तोसहितको सन्देश पठाउनुभएको हो । तर चियापान कार्यक्रममा नजाने खनाल–नेपाल समूहले बताएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचि...

सम्बन्धित सामग्री

माधव नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी

काठमाडौं, २० जेठ । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । आगामी रणनीति तय गर्नको लागि उक्त समूहका नेताहरु छलफलमा जुटेका हुन् । बैठक भर्चुअल माध्यमबाट सुरु भएको एक नेताले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितका ११ जना सांसदलाई […]

Reporters Nepal

सत्तारूढ एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै, खनाल-नेपाल समूह नजाने

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ।

सेतोपाटी

ओलीले बोलाएको बैठकमा खनाल-नेपाल नजाने, संसदीय बोर्डमा पनि नबस्ने

काठमाडौं । नेकपा–एमालेको खनाल-नेपाल समूह प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटि र संसदीय दलको बैठकमा नजाने भएको छ । अध्यक्ष ओलीले भोलि (शनिबार) केन्द्रीय कमिटि र संसदीय दलको बैठक बोलाउनुभएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको आज बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै त्यसमा सहभागी नहुने निर्णय गरेको छ । ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने’ सो समूहले जनाएको छ । उनीहरुले नेकपा–एमालेका सबै सांगठनिक संरचना र पार्टीका निर्णयहरुलाई २०७५ जेठ २ गतेका अवस्थाबाट सुरुवात नगरेसम्म ओलीले आयोजना गर्ने बैठकमा सहभागी नहुने बताउँदै आएका छन्। एमाले उपाध्यक्ष भीम रावलले पार्टी विधानलाई मिचेर केन्द्रीय कमिटीमा सदस्य थप गरिएको बताउँदै ती अवैधानिक नियुक्तिहरु खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा पनि सहभागी नहुने बताउनुभयो । उहाँले पार्टीको विधान महाधिवेशन र विधान सम्मेलनले मात्रै संशोधन गर्नसक्ने हुँदा अन्यत्र गरिएका हेरफेर स्वीकार नगर्ने बताउनुभयो । त्यसैगरी पार्टीको संरचनाहरु सर्वोच्च अदालतको फैसलाअनुसार २०७२ जेठ २ गतेको अवस्थामा पुर्‍याउनु पर्ने र त्यसो नगरेसम्म आफूहरु बैठकमा सहभागी नहुने उहाँको भनाई थियो । नेकपा एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले गठन गरेको संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नबस्ने भएका छन् । शुक्रबार नयाँ बानेश्वरमा भएको खनाल नेपाल समूहका स्थायी कमिटीका सदस्यहरुको अनौपचारिक छलफलमा दुवै नेताहरुले विधान नै बनाइ नसकेको संसदीय दलको बैठकले बोर्ड गठन गर्नु हास्यास्पद भएको बताए । खनाल नेपाल समूहले बहिष्कार गरेको एमाले ससदीय दलको बिहीबारको बैठकले संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वकमा २७ सदस्यीय बोर्ड गठन गरेको थियो । जसमा खनाल र नेपाल पनि सदस्य रहेका छन् ।

Yug Darshan

ओलीको चियापान खनाल - नेपाल पक्षले बहिस्कार गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा केन्द्रीय सदस्यहरुलाई चियापानका लागि निम्तो पठाएका छन् ।प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आइतबार एमालेका केन्द्रीय सदस्यहरुलाई चैत ३ गते बिहान ११ बजे बालुवाटारमा आयोजना गरिएको चियापानका लागि एसएमएस मार्फत निम्तो पठाएका हुन् । तर, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको चियापानमा  नजाने निर्णय गरेको छ ।‘ओलीको चियापान हामी बहिस्कार गर्छौ । हाम्रो पक्षका कोही प

Ratopati