दिक्तेल माटिकोरेस्थित दिक्तेल फुटबल रङ्गशाला निर्माणको काम अलपत्र छाड्दा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन जोखिममा परेको छ । रङ्गशाला निर्माण गर्दा भित्तापट्टि खनेर त्यत्तिकै छाडिएकाले पहिरोले शौचालय भत्किनुका साथै कार्यालयसमेत जोखिममा परेको हो ।