अमेरिकामा चक्रवात इडाले ठूलो विनाश गरेको छ । त्यसले ल्याएको भयंकर वर्षाका कारण अहिलेसम्म ४६ जनाले ज्यान गुमाइसकेका छन् ।
चार दिनअघि अमेरिकी राज्य लुइजियानामा आइपुगेको चक्रवात न्युयोर्क, न्युजर्सी, फिलाडेल्फिया र पेन्सिल्भेनिया समेतमा पुगेको छ ।
देशमा लगभग ६ करोड मानिस बाढीका कारण पीडित छन् । तीन लाख घरमा बिजुली गएको छ ।
सबभन्दा धेरै असर न्युयोर्कमा परेको छ । त्यहाँ बुधवार एक घन्टामा साढे ३ इन्च र रातभरि लगभग ८ इन्च पानी परेको छ ।
त्यसपछि न्युयोर्कमा संकटकाल लगाइएको छ ।
न्युयोर्क सिट...