चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा - NepaliPatra

भोजपुर । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ । सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् । चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले बताए । चरन […]

सम्बन्धित सामग्री

भेडापालनमा किसानको आकर्षण घट्दै

गडेरी (पाल) समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको भेडापालन व्यवसाय सङ्कटमा परेको छ । चरनको कमी र भेडाको मासु तथा उन बिव्रmीका लागि बजार अभाव बन्दै गएपछि भेडापालनप्रति किसान आकर्षित हुन सकेका छैनन् । जिल्लामा झन्डै दुई सयभन्दा बढी भेडीगोठ रहेकामा हाल १० वटामा झरेको बताइन्छ । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । पछिल्लो समय जनघनत्व बढेर चरन क्षेत्र घट्दा भेडापालन व्यवसाय सङ्कटमा परेको किसानले बताएका छन् ।

चरन क्षेत्र मासिँदा मारमा भेडापालक

दार्चुला : भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन्। वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन्। ‘भेडाबाख्रा चराउन वन जङ्गल छैन। गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि ...