काभ्रे : काभ्रेमा मतगणनाका लागि आज (सोमबार) दिउँसो १ र ३ बजे छुट्टाछुट्टै सर्वदलीय बैठक बस्ने भएको छ। आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणनाको विषयमा छलफल गर्न ढिला गरि सर्वदलीय बैठक बस्न लागेको हो। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा दिउँसो १ बजे र प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ३ बजे सर्वदलीय बैठक बस्ने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाइएको छ। जिल्लाका खानीखोला गाउँपालिकाको ४ वटा बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थल ल्याइएका छन्। निर्वाच