अन्तरिक्षका चट्टान लिएर फर्कंदै नासाको अन्तरिक्षयान

एजेन्सी। अन्तरिक्षबाट उल्का चट्टान लिएर नासाका ओसाइरिस-रेक्सयान पृथ्वीतर्फ फर्कने भएको छ। सन् २०१८ मा बेन्नु नामक उल्कासम्म पुगेको अन्तरिक्षयान दुई वर्षपछि १ पाउन्डबराबरको चट्टान बोकेर फर्कन थप दुई वर्ष लाग्नेछ। एप्पोलोयानबाट ल्याइएको चन्द्रमाको चट्टानपछि यो सबैभन्दा ठूलो चीज हो। यसअघि नासाले उल्काको धूलो र सूर्यआँधीको नमूना लिएर फर्केको थियो। जापानले यसअघि दुईपटक अन्तरिक्षबाट स-साना चट्टान लिएर फर्केको छ।