सशस्त्र प्रहरी दिवस : कुरिनटारको विपद् व्यवस्थापन शिक्षालय उत्कृष्ट

सशस्त्र प्रहरी बलले आइतबार आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बलम्बुस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा उत्कृष्ट काम गर्ने युनिटहरू र कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।तालिम शिक्षालयतर्फ चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ । केन्द्रीय निरीक्षणमा उत्कृष्ट भएको कुरिनटारको विपद् व्यवस्थापन शिक्षालयलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका छन् ।समारोहमा आईजीपी खनालले विपद् व्यवस्थापन तालिम श