भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं। भक्तपुर नगरपालिका-१ चुनदेवीमा प्रदेश ३-०२-०११ प ८२५० नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडककिनाराको बारमा ठोक्किएको थियो। मृत्यु हुनेहरूमा बाँके नेपालगञ्ज घर भई हाल काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिका घर भई हाल काठमाडौं पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी रहेका छन्।

सम्बन्धित सामग्री

सन्धिखर्ककाे निर्माणाधीन विमानस्थलमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।  सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाइमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रमुख...

विमानस्थलको ‘रन वे’मा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

अर्घाखाँची : सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाइ मैदानको रन वेमा मोटरसाइकल चलाउने क्रममा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गएराति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। प्रदेश नं. २–०३८प५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो। गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा  गएराति ११ बजे  से ७ प ४७६५ नम्बरको मोटरसाइकल विद्युको पोलमा ठोक्

कपिलवस्तुको बाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कपिलवस्तुको बाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान   बाणगंगा २ पिपराको  लखन चोक आउँदै गरेको लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गोवडीहवास्थित...

मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो।मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१९-००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार ओखलढुंगाको सुनकोशी–६ घर भएका ३२ वर्षीय कमल आले मगर र २१ वर्षका गोपाल आले मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक मध्ये एकजना चालक हुन् । तर, कसले मोटरसाइकल चलाएका थिए भन्ने खुल्न सकेको छैन् । दुर्घटनापछि उपचारको क्रममा

सर्लाहीमा मोटरसाइकल दुर्घटना‚ दुईजनाको मृत्यु

सर्लाही : ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। वडा नम्बर ४ र १३ को सीमामा पर्ने अमुवा खोला पुलमा ज ११ प ८९४५ नम्वरको मोटरसाइकल पुलबाट तल खस्दा मोटरसाइकलमा सवार महोत्तरीको औरही नगरपालिका–१ का ३२ वर्षीय चन्दनकुमार साह र सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियाका राम विश्वास मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।पुलमुनि मोटरसाइकलसहित दुई जनाको शव देखेपछि बुधबार बिहान करिब ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सर्लाहीको हरिपुरस्थित चिताइन मेलाबाट राति फर्

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका–४ मा गएराति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका–८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  हो। ना ६२ प ३३ ९९ नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे अनियन्त्रित भइ दुर्घटना भएको थियो।

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु, पाँच घाइते

झापा : झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। शनिबार छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटना परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।शनिबार बेलुकी ६ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका- ६ गिरीबन्धु टि स्टेट अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको रातो रङको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी स्कुटरमा सवार मे

छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। पाँचथर, कास्की र चितवन भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको टारीस्थित सडकमा प्रदेश–१–०१–००१च७६९१ नम्बरको गाडी आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका मेथलाङमा ग.१क३१८७ नम्बरको मिक्सचर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिकामा ना.३६प२१९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।