ललितपुरको बागमती गाउँपालिकामा एमाले र काँग्रेस नेता कार्यकर्ताको तानातान

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दक्षिण ललितपुरको बागमती गाउँपालिकामा एमाले र काँग्रेसमा एक अर्काका नेता कार्यकर्ता प्रवेश गराउने प्रतिस्पर्धा चलेको छ । शनिबार एकै दिन काँग्रेस एमालेले एउटै ठाउँमा कार्यक्रम गरेर नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका छन् ।ललितपुरको सात कन्या मैरैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडर क्षेत्रमा एमालेले बागमती गाउँपालिका कमिटीले प्रशिक्षण भेलामा ९० जना नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो । त्यस्तै नेपाली कांग्रेसले पालिकाको सदरमुकाम छपेल