लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि आजै निवदेन दिइने

बुटवल। विपक्षी गठबन्धनले आजै प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि निवेदन दिने भएका छन्। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका गठबन्धन दलले आजै प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष निवेदन दिने कांग्रेसका प्रदेशसभाका सचेतक फखरुदिन खानले बताए।