बाढीपीडितको बिचल्ली : ठोस योजना छैन, नेताका बोली आश्वासनमै सीमित

काठमाडौं : असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको  हेलम्बु र मेलम्चीलाई उजाडेर गयो। ठुलो मानवीय र आर्थिक क्षति पुगेको बाढीग्रस्त क्षेत्रमा अझै त्रास घटेको छैन।अबिरल वर्षासँगै नदीमा बढेको बहावले तटीय क्षेत्रका सर्वसाधारणको चैन हराम पारेको छ। असर १ गते र त्यसपछिको बाढीले यतिबेला हेलम्बु र मेलम्ची क्षेत्र उराठलाग्दो बनेको छ। दुई बर्ष पहिले मात्र बनाएको घरमा यतिबेला मेलम्ची खोला बगेपछि आफूहरुलाई संकट निम्तिएको हेलम्बु –३ कि सावित्री भारती सुनाउँछिन्। भूकम्पले तहसनहस पारेको दैनिकीबाट