ठूला करदाता तथा वित्तीय संस्थाबीच छलफल

काठमाडौं (अस) । ठूला करदाता कार्यालय, ललितपुर र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच बिहीवार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छलफल आर्थिक ऐन, २०७८ ले प्रदान गरेको छूट तथा सुविधा तथा पुस मसान्तभित्र प्रथम किस्ता दाखिला गर्नुपर्ने ४० प्रतिशत आयकर बापतको रकम दाखिला गर्ने विषयमा केन्द्रित थियो । छलफलमा कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छूट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारीबारे बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट जिज्ञासा एवं धारणा राखिएको थियो । सम्बन्धित क्षेत्र हेर्ने प्रमुख कर अधिकृतले त्यसबारे कार्यालयको तर्फबाट त्यसको जवाफ दिएका थिए । कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेको छूट तथा सुविधाहरूमध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद २०७८ पुसभित्र भएकाले सुविधा तथा सहुलियत उपयोग गर्न अनुरोध गरेका थिए ।

सम्बन्धित सामग्री

ठूला करदाता कार्यालयले भन्यो : समयमै आयकरको किस्ता दाखिला गर्नू

ठूला करदाता कार्यालयले करदाताहरूलाई समयमै आयकरको किस्ता दाखिल गर्न अनुरोध गरेको छ । आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट र सुविधाबारे बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसँग छलफल गर्दै कार्यालयले यस्तो आग्रह गरेको हो । कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिला सुविधा लिने म्याद २०७८ पुसभित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न तथा समयमै आयकरको किस्ता दाखिला गर्न अनुरोध गरे