रेणु दाहालले जित्दैछिन् भनेर यसरी गरिएको थियो प्रक्षेपण

विदेशतिर निर्वाचनका वेला विभिन्न खालका रिसर्च गर्ने चलन छ । कुन पार्टीले कति प्रतिशत मत ल्याउँछन् । कुन पार्टीका नेता लोकप्रिय वा अलोकप्रिय छन् भन्नेमा निर्वाचन अगाडै प्रक्षेपण गर्ने चलन छ । र, त्यसरी गरिएका प्रक्षेपण अनुरुपकै निर्वाचन परिणाम सार्वजनिक हुने गर्छ । भारत, जापान, अमेरिकालगायत थुप्रै मुलुकमा यस किसिमका प्रक्षेपण हुने गरेको छ । तर, नेपालमा भर्खर सुरु भएको छ ।खासमा म व्यवस्थापनको विद्यार्थी हुँ । मीनभवन क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर सकेपछि अध्ययन, व्यवसाय लगायतको सिलसिलामा केही