कृषि औजारको व्यावसायिक उत्पादन गर्ने गृहकार्यमा आविष्कार केन्द्र
राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि संचालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाले तीन महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य थालेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य गरिरहेको छ । तत्काललाई धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजना रहेको कारखानामा कार्यरत केन्द्रका इन्जिनियर रितेश देवले जनाए ।