मन्दिरको दानपेटिका चोरी, दर्शनार्थी पनि लुटिए

बैतडी : बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा दानपेटिका पैसा चोरी भएको छ। पाटनस्थित उक्त मन्दिरमा राखिएको पैसासहितको दानपेटिका चोरी भएको हो।घटस्थापनाको अघिल्लो राति भएको चोरीमा उक्त दानपेटिका कति रुपैयाँ थियो भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।एक वर्षदेखि दानपेटिका नखोलेको जनाइएको छ। चोरेर  लगिएको दानपेटिका मन्दिर गेट नजिकै फुटाएको अवस्थामा फेला परेको छ।  सोही राति मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसा समेत लु