अर्थमन्त्री प्रकाशशरण महतले लघुवित्त क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गरेर यी संस्था सबल बनाउनुपर्ने बताएका छन् । नेपालमा विपन्न वर्ग, गरिब र महिलाको आय आर्जन र क्षमता विकासमा लघुवित्तको योगदान धेरै रहेकाले यो क्षेत्रमा देखिएको समस्या छिटो समाधान गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
चितवन – अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे। अर्थमन्त्री डा महतले भने “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा रहेको आर्थिक […]
भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय समकक्षी निर्मला सीतारमणबीच द्विपक्षीय साइडलाइन बैठक सम्पन्न भएकाे छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
भेटमा नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिनुभयो ।
अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणमका क्रममा सम्पन्न बिजुली निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आउँदाे १० वर्षमा १० हजार मेगावाट बिजुल...
काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिने गरी आफूले काम गर्ने बताएका छन्। आइतबार अर्थ मन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिने गरी आफूले काम गर्ने बताएका हुन्। उनले […]
सबै ब्रिफिङ सुनेका अर्थमन्त्रीले कर्मचारीलाई भने कुनै निर्देशन दिएनन् । शुक्रबार पदभार ग्रहण गरेकै बेला अर्थतन्त्रको समस्या समाधान गर्ने बताएका अर्थमन्त्रीले कोही कसैसँग पूर्वाग्रही सम्बन्ध नराख्ने बताएका छन् । उनले नेपाल राष्ट्र बैंकलगायत सबै नियामक निकायसँग समन्वय हुने उल्लेख गरेका छन् ।