स्कटल्याण्डस्थित बालमोरल दरबारमा विदामा रहेकी बेलायतकी महारानी एलिजावेथ द्वितियाको स्वास्थ्य बिगिँ्रदै गएको बकिङहम दरबारले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ९६ वर्षीया महारानीका निकट परिवार सदस्य धमाधम बालमोरल गएको वा बाटोमा हुनुले पनि उनको स्थिति गम्भिर रहेको आशंका बढाएको छ । महारानी अहिले चिकित्सकको निरन्तर निगरानीमा रहेको बकिङहम दरबार स्रोतले वक्तव्यमार्फत जानकारी दिएको छ । वक्तव्यमा विहानको परीक्षणपछि चिकित्सकहरुले महारानीको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको बताएको उल्लेख छ ।