काठमाण्डौ ९ मा एमाले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा ३ मतले अगाडि

काठमाण्डौ–  काठमाण्डौ क्षेत्र नम्बर ९ मा नेकपा एमालेले अग्रता बनाएको छ । २२ सय ८६ मत गन्दा एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठ ५६४ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेल ५६१ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । उहाँहरूबिचमा जम्मा ३ मतको अन्तर छ । माओवादी केन्द्रका उम्मेद्वार कल्पना थापाले ३४५ मत पाउनुभएको छ । यस्तै मजदुर किसान पार्टीका उम्मेदवार सुमन महर्जनले अहिलेसम्म २६० मत पाउनुभएको छ । 

सम्बन्धित सामग्री

बागमतीमा एमाले-माओवादीको मात्र पुग्दैन बहुमत

२१ फागुन, हेटौंडा । नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशमा पनि नयाँ समीकरणबारे चर्चा सुरु भएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बने पनि बागमती प्रदेशमा यी चार दलको मात्र प्रदेशसभामा बहुमत पुग्न सक्दैन । त्यसैले अन्य कुन कुन दललाई गठबन्धनमा सामेल गर्ने भन्नेबारे चर्चा […]

प्रतिनिधि सभा बैठकमा एमाले र रास्वपाको अवरोध

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् । एमाले र रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी गरेको भन्दै प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै उठेर विरोध जनाएका हुन् ।  रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गर्नुभयो । एमाले सांसद सूर्य थापाले सरकारले यो विषयलाई सच्याउनु...

एमाले, रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं : प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेपछि बैठक स्थगित भएको छ। आइतवार सदन सुरु हुनसाथ नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएपछि एमाले र रास्वाका सांसदहरुले…

एमाले नेतृत्वमा गठबन्धन बने सुदूरपश्चिमबाहेक सबै प्रदेशमा बहुमत

१० पुस, काठमाडौं । आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलका नेताहरु छलफलमा जुटेपछि नयाँ समीकरणको सम्भावना बढेको छ । बालकोट बैठकमा सहभागी एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरु सहभागी भएका छन् । एमाले अध्यक्ष ओलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल गरेका थिए । […]

काठमाडौंमा घण्टी उदाउँदा खुम्चियो एमाले, माओवादी पत्तासाफ

यसपटक काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ क्षेत्र जितिसकेको छ भने एउटा क्षेत्रमा जितको नजिक छ । कांग्रेसले ५ वटा क्षेत्रमा जित हासिल गर्दा एमालेले एउटा क्षेत्र मात्र जितेको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]

काठमाण्डौ ३ मा कांग्रेसको अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले अग्रता बनाउनुभएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले ९ हजार २६५ मत प्राप्त गर्नुभएको छ । यस्तै एमाले उम्मेदवार कृष्णबहादुर राईले ७ हजार २४ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापा क्षेत्रीले ३ हजार ७७५ मत प्राप्त गर्नुभएको छ ।

समानुपातिकमा एमाले पहिलो, तेस्रो स्थानका लागि घण्टीसँग माओवादीकाे टक्कर

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ । दोस्रो स्थानमा कांग्रेस रहँदा तेस्रो स्थानमा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ ।