काठमाडौं,२२ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले सुन तस्करीको बारेमा सत्यतथ्य छानविन हुनेमा आफुहरुलाई शंका रहेको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गरेका हुन्। उनले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताए। उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क […]