पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढ्यो

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका छन्। तापक्रम घटेका कारण चिसो महसुस भएको उनले बताए। उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको […]