जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण गरिने भएको छ । २ बर्षभित्र नगरमा भ्यू टावरसहितको नमुना सहर निर्माण गर्ने लक्ष्य राखिएको छ । जापानमा रहेका प्रवासी नेपालीको कम्पनी न्यूआईटी भेन्चरका प्रतिनिधि र उपमहानगर बीच नमुना सहर बनाउने कार्य अघि बढेको छ ।