विराटनगर । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्दै सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त विरोध गरेको छ । बूढीगंगा गाउँ कमिटीको आयोजनामा एमसीसी खारेजीको मागसहित माओवादी र नेकपा एसका कार्यकर्ताले विरोध जनाएका हुन् । उनीहरूले ‘विदेशी दलाल होसियार, एमसीसी चाहिँदैन-देश बेच्न पाइँदैन, गो ब्याक एमसीसी’ जस्ता नारा लगाएका छन् । […]