त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन

त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा–काठमाडौ‌तर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो । आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।हेटौंडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रह