‘लाहुरे’ बन्न नसकेपछि सुँगुर पालेर स्वदेशमै मासिक २ लाख कमाइ

धरान बजारलाई लाहुरेको बजारका रूपमा चिनिन्छ । त्यहीँ हावापानी खाएर हुर्केका कुइटो लिम्बुलाई पनि लाहुरे बन्ने रहर जाग्यो । रहरले मात्रै कहाँ पुग्छ ? कुइटोले धेरै मेहनत पनि गरे । सिंगापुर पुलिसमा जागिर खाने इच्छा राख्दै कुइटोले शारीरिक र मानसिक तयारी गरिरहे । शरीरलाई दुरुस्त बनाउन उनले २ वर्षसम्म चना, अण्डा, केरा, फलफूल, माछामासु र दूधदही लगायतका पोषिलो खानेकुरा खाए । तालिम केन्द्रमा उनले प्रशिक्षण पनि लिए । शरीर बलियो बनाउन बिहान–साँझ बोरामा माटो बोकेर दगुर्ने पनि गरेको उनले बताए । कुइटो २ पटक सिंग...