अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ ठूलाडेभास्थित भगवती माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमका सम्पन्न भएको छ ।
भूमिकास्थान वडा नम्वर ०९ को स्रोत केन्द्र समेत रहेको उक्त विद्यालयको वार्षिकोत्सव एक विशेष समारोहकाविच प्रदेश सांसद रामजी प्रसाद घिमिरेले उद्घाटन गर्नु भएको थियोे ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद घिमिरेले विद्यालयलाई १२ कक्षासम्म सञ्चालन गर्नको लागि स्वीकृतिको प्रक्रियामा लैजान आग्रह गर्नुभएको छ । साथै विद्यालयको लागि अति आवश्यक चार कोठे भवन निर्माण र दरवन्दी मिलानकोसमेत पहल गर्ने बताउनु भएको छ।
वार्षिकोत्सव कार्यक्रममा नगर प्रमुख रेशम थापा, उप प्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्री, शिक्षा अधिकृत तुबलाल सापकोटा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । विद्यालयको आर्थिक प्रशासनिक प्रतिवेदन प्रधानअध्यापक कृष्ण खनालले प्रस्तुत गर्नु भएको थियोे ।
वार्षिकोत्सवको अवसरमा सोही वडा निवासी श्री देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक डाँसिराम दर्लामीले स्वर्गीय बुवा तुलविर दर्लामी र स्वर्गीय आमा भुमा दर्लामीको नाममा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनार्थ रकम ४१ हजार ७२४ रुपैयाँ र समाजसेवी रुद्रविर थापाले गत वर्ष वस दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय छोरा शैलेस थापाको सम्झनामा रु.१ लाख भगवती माध्यमिक विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितीका अध्यक्षलाई संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो ।
(खुम रायामाझी)