कैलाली। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाभित्र पर्ने डमौलिया गाउँ ‘बिरानो’ जस्तै बनेको छ। उपमहानगरपालिकाको-१७ मा पर्ने यो गाउँ बजेट, विकास र पहुँचको दृष्टिले ओझेलमा परेको हो। पक्कीपुल, स्वास्थ्य सेवा, यातायात र बजार पहुँचजस्ता आधारभूत सेवाबाट बञ्चित हुँदा यहाँका करिब ६ सय घरधुरीका नागरिक दैनिक कठिन जीवन बिताउन बाध्य छन् । धनगढी उपमहानगरपालिकाको डमौलिया […]
झापा – अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल प्रतिस्पर्धामा पुलिस क्लबले उपाधि जितेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै पुलिसले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । […]
जनकपुर। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज (आइतबार) महतोलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको सिफारिसमा संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम आजैदेखि लागु हुनेगरी पदमुक्त गरेको उल्लेख […]
हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन्। उनले यदि उनीहरूलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिए।
वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ ।
काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन आगामी शनिबारदेखि शुरु हुने भएकाे छ। महाधिवेशनपछि आफ्नो उपस्थिति के मा त भन्ने विषयले एमालेका नेता तथा कार्यकर्ताको सरगर्मी पनि बढेको हाे। प्रतिनिधि छनोटदेखि अन्य प्राविधिक पक्षमा काम भइरहँदा पनि नेतृत्व चयनको विषय केन्द्रमा छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष प्रतिस्पर्धामा उत्रिने भनिएता पनि कस्तो […]