२०२८ सम्म प्रमुख चिया उत्पादन क्षेत्रहरूमा निरन्तर प्रगति र गुणस्तर वृद्धिलाई सुनिश्चित गरिनेछ। यसअन्तर्गत उत्पादन शृङ्खलामा आधुनिक प्रविधि प्रयोग, विविध उत्पादन विस्तार र उपभोक्तालाई अझ राम्रो सेवा पुर्याउने योजना बनाइएको छ ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको राजनीतिक महत्वाकांक्षा र कार्यशैलीप्रति टिप्पणी गरेकी छिन्।
एजेन्सी– क्यारेबियन सागर क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले अर्को एक कथित तस्करी डुङ्गामाथि घातक आक्रमण गरेको जनाएको छ । उक्त कारबाहीमा कम्तीमा तीन जनाको मृत्यु भएको जानकारी शुक्रबार सार्वजनिक गरिएको हो । अमेरिकी दक्षिणी कमान्डले सामाजिक सञ्जालमार्फत दिएको विवरणअनुसार सो डुङ्गा ‘क्यारेबियन क्षेत्रमा परिचित लागूऔषध तस्करी मार्गमा आवागमन गरिरहेको र तस्करी […]
काठमाडाैं । ‘काठमाडौंको पूर्वी भेगमा अवस्थित पाशुपत क्षेत्र, जहाँ वागमतीको पवित्र जलसँगै आस्थाको अनन्त सागर बग्छ । महाशिवरात्रीको आगमनसँगै यो क्षेत्र एक अलौकिक उर्जाले भरिन्छ । भारत र नेपालका कुना–कन्दराबाट आएका हजारौँ साधु, सन्त र नागा बाबाहरूको उपस्थितिले पशुपतिलाई ‘शिवपुरी’ मा परिणत गरिदिन्छ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरले नयाँ काँचुली फेर्दैछ । बाँसका खटहरू […]
काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो । शोभायात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो । महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा भक्तजनलाई […]
काभ्रेपलाञ्चोक । तीन वर्षदेखि निरन्तर स्ट्रबेरी (भुइँऐसेलु)खेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहेका छन् । कोरोना महामारीका बेला खेती थालेका उनी भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन् । “बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ” व्यवसायी विष्टले भने, […]