अभावका बीच कसरी गर्ने कोरोना खोपको सही व्यवस्थापन ? – डा. रवीन्द्र पाण्डे

वैश्विक महामारीको १ वर्ष नपुग्दै फास्ट ट्र्याकमा कोरोना भाइरसविरुद्धको खोप विकास हुनु विज्ञानको चमत्कार हो । त्यो चमत्कारलाई जीवनरक्षाका लागि सदुपयोग गर्नु हरेक सरकारको कर्तव्य तथा अग्निपरीक्षा हो । यो मानवता जीवित रहेको तथा विश्वबन्धुत्व कायम रहेको प्रमाणित गर्ने सुनौलो अवसर हो ।धनी तथा शक्तिशाली देशका नागरिकको जीवन तथा गरीब एव...