अक्षर, समय र ईश्वरलाई धन्यवाद !

आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ । जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो । चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवित छातीको एक उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तरयात्रा मेरो अभिष्ट । आज म धन्य छु, धन्यधन्य भएको छु ।म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति÷स्मृति