मोरङ – बुधबार बिहान ९ बजेबाटै विराटनगर विमानस्थलमा चहलपहल सुरु थियो। मुख्य सडकदेखि विराटनगर एयरपोर्टसम्म राष्ट्रिय झन्डा र खेलाडीका तस्बिर अङ्कित ब्यानरहरु सजिएका थिए। बिहानैदेखि गर्मीको पारो निरन्तर बढिरहेको थियो। खेलाडीहरुको प्रतिक्षामा प्रदेशका मन्त्री तथा उद्योग संघ–संघठन तथा आयोजकका प्रतिनिधिहरु विमानस्थलमा पुगेका थिए। विमानस्थलबाहिर सयौं समर्थकहरु नेपाल–नेपाल भनेर नाराबाजी गरिरहेका थिए। अन्ततः केही घण्टाको प्रतिक्षा […]