अवसर र लाभको बहानामा ठगी गर्ने बढेका छन्,तपाईसँग त्यस्ता सूचना भए भन्नुहोला : गृह मन्त्रालय

गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न/नगराउन र अन्य व्यक्ति, समूह, आफन्त, साथी भाइसमेतलाई सचेत गराउन आह्वान गरेको हो । त्यस्ता गतिविधि भएको कुनै […]

सम्बन्धित सामग्री

गृह मन्त्रालय माग्न बालकाेट पुगेका नारायणकाजीलाई ओलीले निराश पारेर फर्काए

गृह मन्त्रालय आफूलाई दिन प्रस्ताव गर्दै बालकाेट पुगेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निराश पारेका छन् ।

गृह मन्त्रालय र प्रहरी संगठनको ध्यान सरुवा–बढुवामा

सुरक्षामा पटक–पटक कमजोरी भइरहँदा गृह मन्त्रालय र प्रहरी नेतृत्वको ध्यान भने बढी प्रहरी कर्मचारीको सरुवा–बढुवामा छ । गृह र प्रहरीको टक्करकै कारण प्रहरीको नियमित सरुवा–बढुवा हुन सकेका छैनन् । समयमा वृत्ति विकास...

गृह मन्त्रालय र मिटर ब्याज पीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ। सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो। सहमतिमा मन्त्रालयका तर्फबाट मीटरब्याज […]

'गृह मन्त्रालय कालोबजारी रोक्न असफल भयाे'

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले गृह मन्त्रालय चोरी, तस्करी र कालोबजारी रोक्न असफल भएको बताएकी हुन्। उनले हत्या, हिंसा, लुटपाट र वलात्कारको घटना बढिरहेको भन्दै त्यसको अनुसन्धान पनि धेरै फितलो भएको बताइन्। उनले सुरक्षाको जिम्मेवारी लि...

‘चोरी, तस्करी तथा कालोबजारी रोक्न गृह मन्त्रालय असफल’

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले गृह मन्त्रालय चोरी, तस्करी र कालोबजारी रोक्न असफल भएको आरोप लगाउनुभयो ।

संघीय प्रहरी ऐन अलपत्र, धमाधम नियमावली संशोधन गर्दै गृह मन्त्रालय

२४ माघ, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नियमावली संशोधनका लागि तयारी थालेको छ । संघीय प्रहरी ऐनको खाकालाई अलपत्र छाडेर गृह मन्त्रालय नेपाल प्रहरी ऐन, २०१२ अन्तरगत बनेको नियमावलीको संशोधन गर्नतिर केन्द्रित भएको हो । ऐनमा संशोधन गर्नुपर्ने विषयबारे गृहकार्य गर्न गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका सह–सचिव फणीन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल […]

रात्रिकालीन व्यवसाय २४ सै घण्टा खुला गर्न गृह मन्त्रालय सकारात्मक

व्यवसायीहरुले लामो समयदेखि माग गरिरहेको रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउन गृह मन्त्रालय तयार देखिएको छ । खासगरी करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

सीमा क्षेत्रमा नेपालीले दिनहुँ भोग्छन् हैरानी, गृह मन्त्रालय चूँसम्म पनि बोल्दैन

४ भदौ, काठमाडौं । पाँचथरदेखि दार्चुलासम्मको भारतीय सीमा आसपासमा दिनहुँजसो नेपालीमाथि ज्यादती हुन्छ । तर, सीमावर्ती क्षेत्रको भौतिक, सामरिक स्थितिको निगरानी राख्नुपर्ने गृह मन्त्रालय एकजना अधिकृतलाई यो जिम्मेवारी दिएर बसेको छ ।

समयमा निर्वाचन गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा : अधिकारी

गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताए । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताए । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नर्गनका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताए । उनले भने, ‘दुई चरणमा चुनाव […]