कर्णाली प्रदेशका एमाले संसदीय दलका नेता यामलाल कँडेल फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । उनले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिए । उनले यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको बताए । ‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौँ’, उनले प्रतिक्रिया दिए । फ्लाेर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ । कर्ण