जनता प्रगतीशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भन्सार नाकाबाट एक सय रुपैयाँभन्दा माथिको सामान ल्याउँदा भन्सार शुल्क तिर्नु पर्ने नियम कार्यान्वयन गरेकोमा आपत्ति जनाएका छन् । रोटी र बेटीको सम्बन्ध भएको दुई देशबीचका नागरिक घर खर्चका लागि चिनी, चियापत्ती र भगवानको प्रसाद ल्याउँदा पनि कर लिने निर्णय पुनर्विचार गर्न नेता त्रिपाठीले सरकारसँग आग्रह गरे ।