इजरायल र हमासबीच युद्ध भड्किँदा गाजा कम्तीमा ४० जनाको मृत्यु

इजरायल र हमासबीचको शत्रुता बुधवार चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् ।    गाजामा इजरायलले बुधवार बिहान सयौंवटा हवाई आक्रमण गरेको थियो भने हमास तथा अन्य प्यालेस्टाइनी लडाकू समूहले तेल अभिभ र बीरशेबामा अनेकौं रकेट प्रहार गरेका थिए ।  इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो ।  सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थि...