नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न भन्दै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक बसेको हो । बैठकमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउने विषयमा छलफल भइरहेको नेताहरु बताएका छन् ।