भूकम्प पीडितका लागि व्यक्तिगत वा संस्थागत रूपमा राहत नउठाउन कास्की प्रशासनको अनुरोध

पर्वत : जिल्ला प्रशासन कार्यालय कास्कीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित नागरिकहरूका लागि आफूखुसी तरीकाले राहत सङ्कलन नगर्न भनेको छ।गत कार्तिक १७ गतेको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने नागरिकहरूप्रति कास्की प्रशासनले श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत सङ्कलनको विषयमा भने कडाइ गरेको हो। ‘भूकम्पको यस दुखद घडीमा भूकम्प प्रभावितहरूलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा कास्की जिल्लामा व्यक्तिगत वा संस्थागत रूपमा कोही कसैले पनि नगद-वस्तुगत-जिन्सी सामग्