गलत सामान डेलिभरी भए पैसा फिर्ता गर्नुपर्ने

१७ फागुन, काठमाडौं । सरकारले इकमर्समार्फत वस्तु तथा सेवाको वैदेशिक व्यापार गर्न पाइने व्यवस्थासहित विद्युतीय व्यापारलाई व्यवस्थित गर्ने कानुन बनाउने तयारी गरेको छ । हाल अनलाइन माध्यमबाट व्यापार व्यवसाय फैलँदो क्रममा रहेको तर नियमन गर्ने कानुन नभएको निष्कर्ष सहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार विधेयक २०७९’ को मस्यौदालाई अन्तिम रुप दिएको छ । […]