सम्मेलन केन्द्र उद्घाटन : खाँण र पौडेलको रोचक चुनावी भाषण

बुटवलमा बनेको आधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन शनिबार प्रधानमन्त्री देउवाले गरे । उद्घाटनमा देउवाले सहरी विकासका कुरा सामान्य रूपमा राखे । उनले सीमित लिखित भाषण छोटो समयमै सके । तर आफ्नो निर्वाचन क्षेत्र यही भएका रुपन्देहीका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री वालकृष्ण खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भाषण भने निकै रोचक थियो । दुई जना नेताले बुटवल तथा रुपन्देहीको समग्र विकास सन्तोषजनक रहेको बताए । तर यी दुई वक्ताको भाषणमा चुनावी सभाको झझल्को आउँथ्य